२७ बैशाख २०८१, बिहिबार

भारतीय सीमामा खटिएका एक गोर्खा सैनिकको मृत्यु


भारतीय सीमामा खटिएका एक गोर्खा सैनिकको मृत्यु

नयाँ दिल्ली, असार २६ । भारतको सीमा रक्षामा खटिएका एक नेपाली गोर्खा सैनिकको भारत-पाकिस्तान सीमामा ज्यान गएको छ । उनको पाकिस्तानी सेनाले गरेकाे गोलाबारीमा परि शुक्रबार विहान १ बजे ज्यान गएको हो ।

नेपाल घर गाेरखा भएका भारतीय सेनाका हवलदार सम्बर गुरुङको जम्मू-कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी क्षेत्र नजिक गोली लागेर मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

पाकिस्तानले युद्धविरामलाई उल्लंघन गर्दै भारतीय सुरक्षाकर्मीलाई गोलाबारी गरेको भारतीय सेनाको दावी रहेको छ । उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा भारतीय सीमा रक्षाका लागि खटिएका थिए । गोली लागेर गम्भीर घाइते गुरुङको उपचारको क्रममा मृत्यु भएको हो

जम्मू-कश्मिरकै रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका नेपाली गोर्खा सैनिक हवलदार दिपक कार्कीको मृत्यु भएको १ महिना पनि बितेको छैन । उनी गुल्मी जिल्लाका थिए । उनकाे असार ८ गते मृत्यु भएकाे थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !