१५ बैशाख २०८१, शनिबार

खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु


River_SWimming Bepatta

बिराटनगर , असार २१ । झापा र मोरङका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-५ का ३५ बर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो ।

शनिवार दिउँसो साँढे १ बजेको समयमा चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल सोही खोलाको डिलमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी मोरङको कटहरी गाउँपालिका-७ का प्रधुम्न सरदारको ६ बर्षीया छोरी दिक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ । शनिवार दिउँसो ३ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई खोजतलास गर्ने क्रममा राती पौने १ बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङलर जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !