२० बैशाख २०८१, बिहिबार

अछाममा क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि


मृत्यु

कैलाली, असार १६ । अछाम जिल्लाको बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । असार १४ गते मृत्यु भएका रामारोशन गाउँपालिका-५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जेठ २७ गते भारतबाट गौरीफन्टा नाका हुँदै अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो । गाउँकै वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका उनको ५ दिनपछि उनको मृत्यु भएको थियो ।

असार १३ गते राति अचानक श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयलपाटा अस्पतालमा पुर्याइएको थियो । उनको शव २ जना कुरुवाले गाउँकै खोला नजिक गाडेका थिए । शव गाड्न संलग्न भएकाको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !