१४ बैशाख २०८१, शुक्रबार

चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु


चट्याङ लागेर मृत्यु

राजविराज, असार ११ । चट्याङ लागेर सप्तरी जिल्लामा ४ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर घाइते भएकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार छ ।

बिहीबार बिहान चट्याङ लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ लछनपटीकी ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका वडा नं. २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र राजगढ गाउँपालिका वडा नं. १ का ४६ वर्षीय केसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

बिहानै सप्तकोशी नदीमा नुहाउन गएका बेला बेचन यादव र छेदी ठाकुरको चट्याङ् लागेर मृत्यु भएको हो भने ललितादेवी यादव खेतमा धान रोप्न जाँदा र केसी साह पनि खेतमा काम गर्न गएका बेला चट्याङ् लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले १/१ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु