१९ बैशाख २०८१, बुधबार

महासंघका पूर्वकोषाध्यक्ष साहलाई धम्की दिनेलाई कारबाहीको माग


नेपाल पत्रकार महासङ्घ

१ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं जनकपुरस्थित रेडियो जनकपुर ९७ मेघाहर्जका सञ्चालक शीतल साहलाई प्रसारित समाचारको विषयलाई लिएर प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आज नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।

महासंघ धनुषा शाखाका अनुसार प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रादेशिक प्रयोगशालामा भएको लापरवाही र अनियमितता सम्बन्धी रेडियो जनकपुरमा कार्यक्रम प्रसारण भएपछि सोही विषयलाई लिएर वैशाख ३१ गते अस्पतालका कर्मचारी जुगल यादव सहितका ३ जनाको समुहले रेडियोको कार्यालयमै पुगेर सञ्चालक साहलाई भौतिक कारबाहीको धम्की दिएका थिए ।

प्रसारित समाचार सामग्रीप्रति चित नबुझे त्यसको कानुनी उपचार खोज्न सकिने विकल्पलाई छाडेर पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएकोले महासंघ पत्रकार साहलाई दिइएको धम्कीको कडा भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !