२० बैशाख २०८१, बिहिबार

कारागारका कैदीलाई सारियो पक्की भवनमा


हिरासत

चरीकोट, १७ माघ । भूकम्पले पूर्णरुपमा क्षति पु¥याई कष्टकर दैनिकी बिताइरहेका दोलखा, चरीकोटमा रहेको कारागारका कैदीबन्दीलाई पुनःनिर्माणपश्चात् पक्की भवनमा सारिएको छ । सदरमुकाम चरीकोटमा रहेको देशकै चौथो कारागार भूकम्पका कारण क्षति पुगेको र कारागारको पुनःनिर्माण गरी कैदीबन्दीलाई नयाँ पक्की भवनमा सारिएको हो ।

दोलखाको पुरानो कारागारमा १७ जना कैदीबन्दी राख्नसक्ने क्षमता भएको कारागारमा हाल १०९ जना बस्न बाध्य भएका थिए । नयाँ बनेको भवनमा पनि ३४ जनाको क्षमता रहेको र सवै कैदी नअटाउने भएका कारण सबैलाई व्यवस्थापन गरी नयाँ भवनमा कैदी स्थानान्तरण गरिएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठले कैदीबन्दी स्थान्तरण कार्यक्रमालाई सम्बोधन गर्नुहुँदै मासिक रु दुई हजारका दरले कैदी थपिने गरेको तर राख्ने ठाउँ नभएको गुनासो गर्नुभयो । कार्यक्रममा महानिर्देशक श्रेष्ठले बन्दीलाई कारगारमा राख्ने मात्र नभई श्रम गर्न लगाउने कानून ल्याउन आवश्यक रहेको र बन्दीलाई उद्यमशीलतातर्फ उन्मुख गराई सुधारगृहका रुपमा स्थापित गराउनुपर्ने बताउनुभयो । कारागारमा रहेका बन्दीले नाइके र सहनाइकेबाट आफूहरु ठगिएको तथा नयाँ भवन बनेर पनि स्थान्तरण नगरेको भन्दै केही महिनाअघि आन्दोलन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !