१४ बैशाख २०८१, शुक्रबार

बीपी कोइराला प्रतिष्ठानका रजिस्टारसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

१ पुस, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्टार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरु चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार हिनामिना गरेको अख्तियारले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !