२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीका एडीसीलाई सेनाले प्रहरीमा उपस्थित गरायो


२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भनिएका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । गत कात्तिक १५ गते जुवा खालबाट समातिएका शाहीलाई सेनाले आइतबार एक विज्ञप्तिमार्फत महानगरीय प्रहरी वृत, महाराजगञ्जनमा उपस्थित गराइएको जानकारी गराएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘कार्तिक १५ गते काठमाण्डौं जिल्ला टोखा नगरपालिका वडा नं १० सामाखुशीस्थित खरीबोट ईलाकाबाट जुवामा संलग्न रहेको भनि नेपाल प्रहरीद्वारा पक्राउ गरी श्री सैनिक प्रहरी गण, जंगी अड्डा्मा बुझाइएका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानको लागि आज प्रहरी समक्ष उपस्थित गराइएको छ । अनुसन्धानको लागि महानगरीय प्रहरी वृत, महाराजगञ्जधबाट सेनानी राजेन्द्र शाहीलाई उपस्थित गराइ दिनको लागि पत्राचार भई आएकोमा उक्त वृतमा उपस्थित गराइएको हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !