२५ बैशाख २०८१, मंगलबार

रुकुममा शिक्षक बन्न झण्डै तीन लाख घुस


crime

२१ वैशाख, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ जनआस्था आधारभूत विद्यालय पुरानापानीमा निजी दरबन्दीमा अध्यापन गराइरहका सोही ठाँउका गोपालप्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका काजारजंग हुकाममा शिक्षक पदको लागि विज्ञापन आव्हन भएपछि सो विद्यालयमा दरखास्त दिए । खुला प्रतिस्पर्धामा शिक्षक भर्ना गरिने भनिएअनुसार देवकोटाले दरखास्त दिए ।

दरखास्त दिएपछि सोही विद्यालय हेर्ने स्रोतव्यक्ति वीरबहादुर रावलसँग देवकोटाको भलाकुसारी भयो । स्रोतव्यक्तिले देवकोटालाई शिक्षक बनाइदिन्छु विद्यालय खर्च १ लाख ५० हजार रुपैयाँ चाहिन्छ दिनु हुन्छ कि नाई ?

भनेपछि उनले मुसिकोट होटेल केसी बारको माथिल्लो तलामा भेटेर गाँउबाट ३ प्रतिशत ब्याजको दरले ऋण काढेर उनलाई बुझाए । उनले पैसा बुझाएपछि १ नम्बरमा नाम निकालियो । तर नियुक्त बुझ्न जाँदा विरबहादुरले थप १ लाख २० हजार रकम मागे । त्यसपछि देवकोटाले यत्रो पैसा तिरेर जागिर नखाने निधो गरे ।-नेपाल समाचारपत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !