२४ बैशाख २०८१, सोमबार

राईद्वारा प्रहरीमाथि खुकुरी प्रहार


khukuri prahar

२१ चैत, काठमाण्डौ । मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् ।

भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थलवाटै पक्राउ गरेको छ ।

राईको खुकुरी प्रहारवाट महेशपुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी जवान पूण्यप्रसाद पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

घाइते प्रहरीको मेची अञ्चल अस्पातल भद्रपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !