१४ बैशाख २०८१, शुक्रबार

मेयर चौधरी माथि गोली प्रहार गर्ने चार आरोपी सार्वजनिक


Kailali

१ चैत, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी छन् । उनीहरु नेकपा माओवादी विप्लव समूहका रहेको प्रहरीको भनाइ छ ।

नेकपा माओवादी बिप्लव समूहले स्थानीय निकायमा भैरहेको भ्रष्टाचारविरुद्ध तीन महिने कारवाही अभियान चलाएको घोषणालगत्तै मेयर चौधरीमाथि आक्रमण भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !