२५ बैशाख २०८१, मंगलबार

स्याङ्जामा जनप्रतिनिधिबीच कुटाकुट, वडाध्यक्षको भाँच्चियो हात


कुटाकुट

वैशाख ४, स्याङ्जा । नेपालमा लकडाउनमा भईरहेको बेला भने स्याङ्जामा जनप्रतिनिधिबीच कुटाकुट हुँदा १ जना वडाध्यक्षको हात भाँच्चिएको समाचार सार्वजनिक भएको छ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका-१० का वडा अध्यक्ष अनन्तराज गैरेको बायाँ हात भाँच्चिएको हो ।

बुधबार साँझ करिब ८ बजे वालिङ-१३ बयाँटारीस्थित जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उप-प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर-१० का वडा अध्यक्ष अनन्तराज गैरेबीच कुटाकुट भएको हो ।

उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भईरहेको छ । उनलाई बिहीबार बिहान नेकपा वालिङ नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे र छिमेकी धन पराजुलीले उपचारका लागि पोखरा लगेका हुन् । बगालेलाई गैरेले सरकारी गाडी दुरुपयोगको आरोप लगाएपछि विवाद उत्कर्षमा पुगी कुटाकुटको अवस्था निम्तिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !