१४ बैशाख २०८१, शुक्रबार

मोरङमा लागूऔषध सहित १ जना पक्राउ


पक्राउ

मोरङ, जेठ १८ । मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागुऔषध सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा बिराटनगर महानगरपालिका-१४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डि.सी. १०० ML को ३१ बोतल, Spas-TirancanR Plus (स्पास्मोप्रोक्सिवन) १४३ क्याप्सुल, नाईट्राभेट-10 – १५० चक्की सहित पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !