१८ बैशाख २०८१, मंगलबार

झापा नियन्त्रित लागुऔषध ब्राउसुगर सहित २ जना पक्राउ


Arrested accused

झापा, जेठ १० । झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रित लागुऔषध ब्राउसुगर सहित २ जना पक्राउ परेका छन् । आज दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २८ बर्षीय पवन चौधरी र २८ बर्ष कै महेश गुरुङको साथबाट ५ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !