१९ बैशाख २०८१, बुधबार

सुनसरीमा लागुऔषध सहित १ जना पक्राउ


Arrested accused

सुनसरी, जेष्ठ ६ । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ बाट ठुलो परिणामको लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज बिहान साँढे ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-१ लब्टोलियाबाट सोही नगरपालिका-७ का २१ बर्षीय भोला भनिने नरेश कुमार यादवलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट अवैध लागु औषध नुफिन – ५८० एम्पुल, डाईजेल्याब-५६० एम्पुल र फेनारगन-५६० एम्पुल गरि जम्मा १७०० एम्पुल बरामद भएको छ । पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !