२६ बैशाख २०८१, बुधबार

तेह्रथुममा बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा १ जना पक्राउ


पक्राउ

काठमाडौं, २६ वैशाख । तेह्रथुम, आफ्नै बुबा आमाको बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा फेदाप गाउँपालिका-५ ईसिबु बस्ने २० वर्षीय कन्चन लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय बाबु रुप बहादुर लिम्बु र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बुको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !