२७ बैशाख २०८१, बिहिबार

सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै विक्रि गर्न खोज्ने पक्राउ


सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै विक्रि गर्न खोज्ने पक्राउ

काठमाडौँ, असार २६ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलिले मिति २०७७।०३।२४ गते अन्दाजी १५.३० बजेको समयमा का.जि.चन्द्रागिरि न.पा. वडा नं. १५ ढुंङ्गेअड्डा स्थितमा केही मानिसहरुले लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको खरिद बिक्रि गर्न मोलमोलाई गरिरहेको अवस्थामा निम्न ६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिईएको ।

निजहरु मध्य जनक गिरीको साथबाट तिव्वेतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ पाना १६ बरामद भएको, निजहरू उक्त पानाहरू मुल्य रु ५,००,००,०००।- (पाँच करोड रुपैँया)मा खरिद विक्रिको लागि मोलमोलाई गरीरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका प्रतिवादीहरू
१. जिल्ला खोटाङ दिक्तेल न.पा वडा नं. ४ घर हुने बर्ष ३२ को गेहेन्द्र सिंह आत्रय ।
२. जिल्ला काभ्रे पाँचखान न.पा वडा नं. ३ घर हुने बर्ष ४२ को जनक गिरी ।
३. जिल्ला ओखलढुंगा मानेभन्ज्याङ गा.पा वडा नं. १ घर हुने बर्ष ३१ को सुबास कुमार बस्नेत ।
४. जिल्ला ओखलढुंगा सुनकोशी गा.पा वडा नं. २ घर हुने बर्ष ३३ को हरी बहादुर लामिछाने ।
५. जिल्ला काठमाडौँ तारकेश्वर न.पा वडा नं. ११ घर हुने बर्ष ६४ को राजेन्द्र बहादुर जोशी ।
६. जिल्ला नुवाकोट ककनी गा.पा वडा नं. ८ घर हुने बर्ष ३४ को रोशन तामाङ ।

निजहरूलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !