१० जेष्ठ २०८१, बिहिबार

नवलपुरमा लागुऔषधिसहित ३ जना पक्राउ


पक्राउ

नवलपुर, ३ असार । प्रतिबन्धित लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अवैध लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले मङ्गलबार एक महिलासहित तीन जनालाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

गैँडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले गैँडाकोट–१० का २७ वर्षीय धनबहादुर कुमाल, गैँडाकोट–१० कै ३० वर्षीय राजकुमार ताम्राकार र गैँडाकोट १२ की २३ वर्षीया सविता पाठकलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रतिबन्धित लागुऔषध डाइजापाम, फेनारगन, ब्रुनर्फिन बिक्री वितरण गरिरहेको ठाउँबाट १९ थान लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित रु १९ हजार २०० समेत बरामद भएको थापाले बताउनुभयो । गैँडाकोट प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !