१४ बैशाख २०८१, शुक्रबार

सुनसरीमा लागुऔषध सहित २ जना पक्राउ


लागुऔषध सहित २ जना पक्राउ

सुनसरी, असार १ । सुनसरीको बिभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आईतवार दिउँसो गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ र बर्जु गाउँपालिका-३ बाट १/१ जना गरी २ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाबाट सोही गाउँपालिका-८ का शिव शंकर मेहेतालाई अबैध लागुऔषधहरु डाईलेक्स डि.सि.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेट सहित पक्राउ गरेको हो । यसैगरी बर्जु गाउँपालिकाबाट बिराटनगर महानगरपालिका-१६ का सन्तोष मण्डललाई अबैध लागुऔषध डाईलेक्स डि.सि.५९ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र नाईट्राभेट १० लेखिएको ६०० क्याप्सुल सहित पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !