१४ बैशाख २०८१, शुक्रबार

ताप्लेजुङमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु


दुर्घटना

ताप्लेजुङ, बैशाख १५ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका-२ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ११ बजेको समयमा खादिम्बेतर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा.लि. को प्रदेश १-०१-००१ त ८२४८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १०० मिटर तल झरेको छ ।

उक्त दुर्घटना हुँदा ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका ठेगाना भएका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा परी ट्याक्टरका सह-चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !