१९ बैशाख २०८१, बुधबार

डोटीमा कार दुर्घटना : ६ घाइते, २ को अवस्था गम्भीर


दुर्घटना

बैशाख ३, डडेल्धुरा । सुदूरपश्चिम नेपालको अत्तरिया-डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वरको घोरडीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ । बुधबार डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकीले जानकारी दिएको छ ।

बिहान करिब ९ बजेर ४५ मिनेट जाँदा दुर्घटनामा परेको कार सडकदेखि झण्डै ३ सय मिटर तल खसेको जनाइएको छ । प्रहरीका अनुसार कारमा सवार चालकसहित ६ जना सबै घाइते रहेको छन् ।

घटनामा परी घाइते हुनेमा चालक मानबहादुर थापा, डडेल्धुराका रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेको जनाइएको छ । प्रहरीका अनुसार एलिजा र मान्धरीको अवस्था गम्भीर रहेकोले उद्दार गरी पद्मा अस्पताल कैलालीमा उपचारका लागि पठाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !