१४ बैशाख २०८१, शुक्रबार

चट्याङ लागेर बस्नेत घाइते


चट्याङ

दाङ, ३० फागुन । तुलसीपुरमा चट्याङ लागेर आज एक युवती गम्भीर घाइते हुनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ दौडाँडे निवासी २२ वर्षीया शिवा बस्नेत चट्याङ लागेर घाइते हुनुभएको हो ।

घरमै बसिरहेको अवस्थामा आज दिउँसो १ः१५ बजेतिर परेको चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चट्याङ लागेर बस्नेतका दुईवटै खुट्टा जलेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !