१४ बैशाख २०८१, शुक्रबार

बसको ठक्करबाट पन्तको मृत्यु भएपछि आक्रोसित विद्यार्थीद्वारा बसमा आगजनी


७ पुस, काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा सोमबार बिहान ६ बजे सृष्टि पन्तको मृत्यु भएपछि आक्रोसित विद्यार्थीले बसमा गरेकाे आगजनी र प्रदर्शनबाट सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ ।

पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गरेकी पन्तलाई भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करवाट घाइते भएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो । घटनामा संलग्न नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !