१४ बैशाख २०८१, शुक्रबार

सुनकोशीमा बस खस्दा ६ जनाको मृत्यु


१७ कात्तिक, काठमाडौं । दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सडकबाट करिब सय मिटर तल नदीमा खसेको बसबाट ३ महिला र एकजना पुरुषको शव निकालिएको उद्धारमा खटिएका सशस्त्र प्रहरीका एसपी राजु पाण्डेले जानकारी दिए । त्यस्तैगरी उक्त दुर्घटनावाट १२ जनालाई उद्धार गरी बनेपा अस्पतालमा उपचारका लागि पठाइएको एसपी पाण्डेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु