१४ बैशाख २०८१, शुक्रबार

गाडी दुर्घटना भएपछि श्रीमती र छोरीलाई घाइते अवस्थामै छाडेर चालक फरार


दुर्घटना

१४ कात्तिक, बुटवल । मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आफ्नै श्रीमती, छोरी र सासु सवार गाडी बुधबार राति सडकबाट तल खसेर दुर्घटना भएको अवस्थामा चालक ज्ञानबहादुर विक भने फरार भएका थिए ।

मृत्यु हुनेमा ज्ञानबहादुरकै सासु मसुरी विक र अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल छन् । चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना घाइते भएका छन् । चालक ज्ञानबहादुरलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु