११ जेष्ठ २०८१, शुक्रबार

सर्पदंशबाट बालिकाको मृत्यु


भद्रपुर, २३ असार । झापा गाउँपालिका–६ स्थित मदरगाछमा विषालु सर्पको टोकाइले सात वर्षीया बालिकाको मृत्यु भएको छ ।

वैधनाथ गोसाइँकी छोरी निरुतालाई आइतबार राति २ बजे सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाएलगत्तै उनलाई कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो ।

बालिकाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा तीन सर्पदंश उपचार केन्द्र रहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !