२० बैशाख २०८१, बिहिबार

बुलेट दुर्घटनावाट दुई घाइते


दुर्घटना

१२ वैशाख, तनहुँ । एलपी ग्यासको बुलेट दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ कमलबारीमा बुधबार बिहान भारतवाट पोखरातर्फ आउँदै गरेको एमएलओ १ एए ०१०१ नम्बरको एलपी ग्यास बुलेट अनियन्त्रित भई सडकवाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ग्यास बुलेट चालक भारत घर भएका २२ वर्षीय छोटुलाल रुमार र सहचालक २१ वर्षीय नितेश कुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

मल्लका अनुसार घाइते दुवैको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । उक्त बुलेट दुर्घटना पछि १८ टन ग्यास उडेको प्रहरीको अनुमान छ । पल्टिएको बुलेटमा आगलागी हुनसक्ने भनेर जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !