१४ बैशाख २०८१, शुक्रबार

धादिङमा सडक दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

धादिङमा माइक्रोबसले सडकमा रोकिराखेको मालवाहक ट्रकलाई ठक्कर दिदाँ २ जनाको मृत्यु


दुर्घटना

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना ६ ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि चितवन पठाइएको, २ जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र १ जना घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !