२१ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा कार दुर्घटना : ३ जनाको मृत्यु, १ जना घाइते


कार दुर्घटना

बुटवल, साउन २४ । रुपन्देही जिल्लामा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा ३ जनाको मृत्यु भएको हो ।

रुपन्देही रोहिणी गाउँपालिका-४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्वरको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार सडकबाट १० मिटर तल खसेको छ । उक्त कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवल स्रोतले जानकारी दिएको छ ।

मृत्यु हुने ३ जना मध्ये १ जनाको मात्र पहिचान खुलेको छ । दुर्घटनामा परी रुपन्देही ओमसतिया गाउँपालिका-४ बालापुरका कारका चालक २६ वर्षीय देवेन्द्र चौधरीको मृत्यु भएको हो । घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ का ३० वर्षीय अनिल यादव रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !