१० मंसिर २०८१, सोमबार

ढिस्कोले पुरिएर ३ जना बालक घाइते


बाजुरा, १० वैशाख । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइते हुने सोही वडाका ईश्वरी खड्का र उनका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का रहेका छन् भने सोही गाउँका कर्ण खड्काका नौ वर्षीय छोरा देवेन्द्र खड्कासमेत घाइते भएका छन् ।

घाइते तीन बालकलाई अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेकामा लोकेन्द्रको अवस्था गम्भीर रहेको वडा अध्यक्ष वीरबहादुर रावलले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो घर नजिकै रातोमाटो खन्ने क्रममा ढिस्को खसेको थियो ।

गम्भीर घाइते बालकलाई जिल्ला अस्पतालमा उपचार हुन नसकी बयालपाटा अस्पतालमा सिफारिस गरिएको छ । माटोमा पुरिएको भन्ने खबरपछि स्थानीयवासीले माटोबाट निकालेर जिल्ला अस्पताल बाजुरामा ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !