१८ बैशाख २०८१, मंगलबार

बसको ठक्करबाट १ को मृत्यु, १ घाइते


मृत्यु

१२ कात्तिक, काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट पैदल यात्रु काभ्रेको डाँडाबारीका विकास तामाङको मृत्यु भएको छ भने सूर्य विनायक नगरपालिका-७ गुण्डुका १८ वर्षीय विशाल तामाङ घाइते भएका छन् ।

बा४ख ६०७ नम्बरको बस व्यासीतर्फ आउँदै गर्दा भक्तपुर नगरपालिका १० कमलबिनायमा मंगलबार राति उनीहरुलाई ठक्कर दिएको थियो । चालक भक्तपुर नगरपालिका-१० कमलबिनायकका ४० वर्षीय बलराम ज्याखोलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !