२४ बैशाख २०८१, सोमबार

दुर्घटनावाट दुईजनाको मृत्यु


जाडोका कारण मृत्यु

१५ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नं को बसमा बा ३७ प ७३८० नं को मोटरसाइकल आज बिहान ४ः२५ मा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको छ ।

उक्त घटनामा मोटरसाइकल चालक बाराका ३५ वर्षीय मानबहादुर बलको मात्र परिचय खुलेको छ भने पछाडि सवार पुरुषको नाम नखुलेको महाशाखाले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !