११ जेष्ठ २०८१, शुक्रबार

मेडिकलमा आगलागी, लाखैँको क्षति


आगलागी

१६ वैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखैँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन। शर्माले आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका थिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !