१० जेष्ठ २०८१, बिहिबार

कपास उद्योगमा आगलागी, छ लाखभन्दा बढीको क्षति


आगलागी

१४ वैशाख, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार साँझ आगलागी हुँदा छ लाखभन्दा बढीको क्षति भएको छ ।

वीरबहादुर मालीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी हुँदा तयारी अवस्थाको कपास, रजाई, गद्दालगायत जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो ।

दुई किलो चरेशसहित पक्राउ

यसैवीच, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका—११ कलुवापुर क्षेत्रवाट प्रहरीले बिहीबार साँझ एकजनालाई दुई किलो चरेशसहित पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा क्षेत्रीय अनुसन्धान ब्यूरो ९आरइटी र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले शुक्लाफाँटा नगरपालिका–८, पिलरीफाँटाका २१ वर्षीय जय जप्रेललाई चरेशसहित पक्राउ गरेको हो ।

“से २ प ८०१६ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका जपे्रललाई कालो झोलामा चरेश लुकाइछिपाइ लग्दै गरेको अवस्थामा पक्राउ गरेका छौँ, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले भन्नुभयो ।”

पक्राउ परेका जप्रेललाई मोटरसाइकल, चरेशसहित इप्रका झलारीको हिरासतमा राखिएको छ । जप्रेललाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँले बताउनुभयो । जप्रेलमाथि लागूऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !