१८ बैशाख २०८१, मंगलबार

जमराको जुसबाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु


jamaraa

जौ लाई पुरातन हिन्दु संकारमा मात्र नभई बैज्ञानिकहरुले पनि सबैभन्दा गुणकारी खाद्यन्नको रुपमा लिन्छन् । यस मध्ये पनि जौ को जमरा एक चामत्कारिक औषधिको रुपमा परिणत भैसकेको छ । क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाए । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ ।

यसको सेवनले शरिरको अनावश्यक कोल्स्टोल कम गर्छ । रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ । शरिर सुनिने समस्या कम गर्छ । पाचनशक्ति मज्बुत बनाउँछ । छालालाई स्वस्थकर बनाउँछ । मोटोपना कम गर्न मद्यत गर्छ । माइग्रेन टाउको टुखाइ कम गर्छ । क्यान्सर सँग लड्ने क्षमताको विकास गर्छ । पाचन शक्ति बढाउँछ । बुढ्यौली देखिन कम गर्छ । शरिरमा हुने विभिन्न टक्सिकलाई कम गर्छ । ग्यास्टिकको समस्यामा राहत दिन्छ । रातो रक्तकोष बढाउन मद्यत गर्छ । रोग प्रतिरोधि क्षमताको बृद्धि र शक्तिबद्र्धकको रुपमा काम गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !