४ जेष्ठ २०८१, शुक्रबार

हुप्सेकोट गाउँपालिकामा आज ४ जनामा देखियो कोरोना संक्रमण


हुप्सेकोट गाउँपालिका

३० जेठ, काठमाडौँ । गण्डकी प्रदेशको नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकामा आज ४  जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै हुप्सेकोट गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८ जना पुगेको छ । हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले आज प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

सापकोटाका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र ५९ का ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उक्त गाउँपालिकावाट ८४ वटा नमुना परिक्षणका लागि काठमाडौंमा पठाईएकोमा आज प्राप्त रिपोर्ट अनुसार ८० वटा नेगेटिभ र ४ वटा पोजेटिभ रिपोर्ट आएको हुप्सेकोट गाउपालिकाले जानकारी दिएको छ ।

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ । योसंगै नवलपुर जिल्लामा ४२ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमित हुनेहरु सवैलाई जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !