१४ बैशाख २०८१, शुक्रबार

स्याङ्जा अस्पतालको आइसोलेसनमा उपचाररत ३ जनाले कोरोना जितेर भए डिस्चार्ज


कोरोना जितेर भए डिस्चार्ज

स्याङ्जा, जेठ २८ । गण्डकी प्रदेश, स्याङ्जा जिल्ला अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भई आईसोलेसन कक्षमा उपचाररत ३ जनाले कोरोना जितेर अस्पतालवाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

वालिङ नगरपालिका वर्ष २१ का १ जना पुरुष र गल्याङ नगरपालिका बर्ष २७ र ४० का २ जना पुरुषहरुको नमुना संकलन गरी पुनः परीक्षण गर्दा नेगेटिभ (कोरोनको संक्रमण नभएको) आएकोले उनीहरु ३ जनालाई आज अस्पतालबाट डिस्चार्ज गरिएको जिल्ला अस्पताल, स्याङ्गजाले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !