१९ जेष्ठ २०८१, शनिबार

भारतको हिमाञ्चल प्रदेशमा कोभिड-१९ बाट ३९८ सङ्क्रमित


कोभिड-१९

सिम्ला, हिमाञ्चल प्रदेश, २४ जेठ । भारतको हिमाञ्चल प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य विभागले शनिबार जनाएको छ । हिमाञ्चलमा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमितमध्ये २०१ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने १८५ जना निको भई घर फर्किसकेका छन् । हिमाञ्चलमा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।

भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर शनिबारसम्म उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ९४२ रहेको छ भने छ हजार ६४२ जनाको मृत्यु भएको छ । भारतमा झण्डै ५० प्रतिशत सङ्क्रमित व्यक्ति उपचारपछि घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !