५ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा आज थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८९ पुग्यो


कोरोना भाइरस (कोभिड-१९)

२२ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज थप ११४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३८९ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ कोरोना संक्रमितहरु दैलेख र मुगु जिल्लाका छन् । मन्त्रालयका अनुसार उनीहरु सवै स्वास्थ्यककर्मीको सम्पर्कमा रहेका छन् । नयाँ संक्रमितमध्ये दैलेखका ११३ जना र मुगुका १ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !