२५ बैशाख २०८१, मंगलबार

दैलेखमा एकैदिन १०५ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस (कोभिड-१९)

काठमाडौँ, जेठ २२ । कर्णाली प्रदेशमा आज बिहीबार कोरोना भाइरस (कोभिड-१९) १०६ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेख जिल्लाका मात्रै एकैदिन १०५ जना र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका हुन् ।

आज संक्रमण देखिएकाहरुमा दैलेखको नारायण नगरपालिकाका ६४ जना, देवलकाँडाका १२ जना, स्रोतका ९ जना, मानटाकुराका ७ जना, साडुका २ जना, भगतीका ५ जना, बासकोटका १ जना रहेका छन् । साथै मुगु खत्याङका १ जना पुरूषमा पनि कोरोना संक्रमण देखिएको छ ।

आज संक्रमित हुनेहरुमा १०१ जना पुरुषहरु र ५ जना महिलाहरु रहेका छन् । पछिल्लो समयमा कर्णाली प्रदेशमा संक्रमित हुनेहरु अधिकांश भारतमा रोजगारी गरी नेपाल फर्किएकाहरु रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना बिज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !