२४ बैशाख २०८१, सोमबार

कर्णाली प्रदेशमा थप ४३ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशको थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ जना र दैलेखका २४ जना रहेका छन् । जुम्ला जिल्लाका संक्रमितहरुमध्ये २ जना प्रहरीहरु पनि रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ल्याब इन्चार्ज बिबेक पुन मगरका अनुसार गरिएको पीसीआर परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिएका छन् । जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुषहरु रहेका छन् ।

साथै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुषहरु छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएकाहरुमध्ये २ वर्षीय बालक र २ जना महिलाहरु रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !