२२ बैशाख २०८१, शनिबार

बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकामा देखियो कोरोना संक्रमण


मृत्यु-निधन

बाजुरा, जेठ १८ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।  साथै उनको पिसिआर परीक्षणको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएकोमा नतिजा पोजेटिभ देखिएको हो । साथै उनकी २३ वर्षीया आमामा पनि कोरोन संक्रमण देखिएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

बुढिगंगा नगरपालिका-१ का २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । मृतक बच्चाको कोरोना रिपोर्ट अव आएपछि अन्त्येष्टि उनको गरिने अस्पतालले जनाएको छ ।

बुढिगंगा नगरपालिका-१ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेका बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो । बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो । ८ दिनअघि उनी आमा बुवासँग भारतबाट आएकी थिइन् ।

बालिकासँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ । बालिका भारतबाट आउने क्रममा बाटोमा बिरामी परेको आफन्तले जनाएका छन् । स्वाब संकलन गरेर तीनैजनाको पीसीआर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो ।

योसंगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ तर यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गर्न भने बाँकी छ । यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना र ललितपुरमा १ जना,  अर्घाखाँचीका १ जना र दैलेखमा १ जना गरी ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !