१२ बैशाख २०८१, बुधबार

कोरोना भाइरसबाट आफुलाई बचाउने आएको छ समय


कोभिड-१९
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरसको आयु कति ? के यसरी नै लकडाउन बढाउदै जाने गर्नाले समस्या समाधान होला त ? रोगको प्रमुख कारण र यसलाई चाहिने आवश्यक औषधि हामीसंग प्रयाप्त छ त ? अब हामीले आफ्नो स्वास्थ्यको हेरचाह गर्ने जिम्मेवार आफैमा थपिदैछ । सरकारले गर्ला भन्ने होइन हामीले उच्च सतर्कता अपनाएर अघि बढ्न आवश्यक छ ।

नेपालको सन्दर्भ लेख्नुपर्दा हामीलाई जे खान पनि वैज्ञानिक आधार चाहिन्छ । विश्व स्वास्थ्य संगठन यति बेला औषधिको खोज मै रुम्लिएको छ । विश्वमा यो रोगको प्रभाव दिनप्रति दिन बढ्दैछ । कति सन्चो भएका छन् भने कतिपय मृत्यु भइरहेका घटना हामी सुन्न सक्छौं ।

अबको समय भनेको घरेलु औषधि सेवन गरेर आफ्नो परिवार बचाउनु हो यो रोगको अन्त नहुने निश्चित छ । आउनुहोस् यो रोगबाट आफुलाई कसरी बचाउने र रोग लागेको थाहा कसरी पाउने भन्ने जानकारी यो लेखबाट प्राप्त गरौं ।

के हो त नोबेल कोरोना भाइरस ?

यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तीव्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् । अहिलेसम्म यो रोगको औषधि बन्न सकेको छैन । यो रोग विश्वमा टाउको दुखाईको कारण बनेको छ ।

यो रोग लागे नलागेको कसरी थाहा पाउने ?

गर्मीको मौसम छ । खानपानको लापरबाहीले गर्दा रुघाखोकी लाग्न सक्छ । जबकी कोरोना भाइरसले संक्रमण गरी सकेपछिको शुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमश: उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दै-सर्दै मान्छेसम्म पुग्छ । हाछिउ गर्दा एकबाट अर्कोमा सजिलै सर्न सक्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

आफ्नो उपचार कसरी गर्ने ?

रोग लाग्नुको प्रमुख कारण भनेको प्रतिरक्षा प्रणाली कमजोर हुनु हो यस्तो अवस्था आउन नदिन पौष्टिक खानामा र प्राकृतिक भिटामिनमा जोड दिनु नै एउटा विकल्प देखिएको छ । हामीलाई चाहिने आवश्यक भिटामिन हामीले खाने बानी बसाल्नु पर्दछ ।

हाम्रो शरिरमा भिटामिन सीयुक्त खाना प्रशस्त हुनुपर्छ । हरियो सागसब्जी र अमिलो प्रजातिको फल फूल कागती र प्याज, लहसुन, बेसार गरम दुधको सेवन प्रशस्त गर्ने गर्नुपर्दछ । चिसो पेय पदार्थ सकेसम्म खानु हुदैन ।

कागती नीवुवाबाट भिटामिन सी प्राप्त गर्न कसरी खाने ?

१. एउटा कागती ल्याउनुहोस् र आधा टुक्रा पार्नुहोस् र ननिचोरी एक गिलास गरम पानीमा राख्नुहोस् । पानी सेलाएपछि एक गिलास मनतातो पानीमा राखेर खानुहोस् । यसवाट हामीले प्रशस्त मात्रामा भिटामिन सि प्राप्त गर्नेछौं । जसले नोबेल कोरोनाबाट रोकथाम गर्नेछ ।

२. असुरो ल्याउनुहोस् । थोरै भाडोमा अदुवा थिचेर हाल्नुहोस् र पकाउनुहोस् । हरियो झोल तयार भएपछि उतार्नुहोस् र आवश्यकता अनुसार २,३ चमच सेलाएको काढामा १ १/२ चमच जति मह राखेर दिनमा २ पटक खानुहोस् । यसले रूघाखोकी, दम, मुटुको समस्या, सास कम आउने जस्ता समस्या देखिएमा ठिक गर्दछ । यो कोरोनाको औषधि होइन मिल्दोजुल्दो लक्षणको उपचार मात्र हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !