४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा कोरोनालाई जित्नेको संख्या पुग्यो २२, आज ६ जना घर फर्किए


कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्र विराटनगरका ६ जना कोरोनामुक्त

वैशाख २४, विराटनगर । कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्र विराटनगरका ६ जना कोरोनामुक्त भएसंगै नेपालमा एकपटक कोरोना भाइरसलाई जित्नेको संख्या २२ पुगेको छ । विराटनगरस्थित उक्त अस्पतालमा उपचाररत यी ६ जना भारतीय नागरिकहरु कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर अस्पतालवाट डिस्चार्ज भई आज  घर फर्किएका छन् ।

पछिल्लो पटक गरिएको ३ पटक गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गरेका छन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।

उहाँले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये ६ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको हो । उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा १ हप्ता राखिने भएको छ ।

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिए । कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताइन् । विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८२ पुगेको छ । आज कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्र विराटनगरका ६ जना कोरोनामुक्त भएर अस्पतालवाट डिस्चार्ज भई कोराना भाइरसलाई जितेर घर फर्किनेको संख्या २२ जना हुनुपर्ने भएतापनि ३ जनामा फेरि कोरोना संक्रमण देखिएकोले घर फर्किनेको संख्या १९ जना मात्र भएको छ ।

हिजो मात्र एकपटक कोरोना भाइरस (कोभिड-१९) निको भएर घर फर्किएका ३ जनामा पुनः कोरोनाको संक्रमण देखिएको छ । रौतहटका १ जना युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका १ जना जमाती र काठमाडौँको पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पुनः संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको थियो । उनीहरु ३ जनाको पहिला उपचार गरिएको सम्वन्धित अस्पतालमै फेरि उपचार भइरहेको छ । यसको आधिकारिक पुष्टि हुन् भने बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

निको भएका ३ जनामा पुनः कोरोना संक्रमण भएको पुष्टि

विराटनगरका ६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्कने

नेपालमा संक्रमितको संख्या ८२ पुग्यो, आज फेरि नेपालगञ्जमा थपिए कोरोनाका ७ संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !