२२ बैशाख २०८१, शनिबार

बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमणको पुष्टि


कोरोना संक्रमित

काठमाडौँ, ५ वैशाख । वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड-१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड-१९ को सङ्क्रमण देखिएको छ । बहराइनमा आज अपराह्नसम्म कूल एक हजार आठ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ । जसमध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।

कूल सङ्क्रमितमध्ये ७२५ जना निको भएर घर फर्किएका दूतावासले जनाएको छ । बहराइनमा हालसम्म ७९ हजार ५६४ जनामा कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ बाट बहराइनमा सात जनाको मृत्यु भएको छ ।

बहराइनले यही अप्रिल ७ देखि लागू हुने गरी अवैधानिक रुपमा बसोबास गर्दै आएका कामदारलाई वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० को डिसेम्बरसम्म माफी दिने निर्णय गरेको दूतावासले जनाएको छ । बहराइनमा सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !