१३ आश्विन २०८१, आइतबार

हेटौंडामा देखियो ४ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ


कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

वैशाख ४, मकवानपुर । हेटौंडामा ४ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ देखिएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा ४ जनाको पोजिटिभ देखिएको हो ।

हेटौंडा-४ वासुदेव सभागृहमा भएको र्‍यापिड टेस्टमा ४ जनाको पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायले जानकारी दिएका छन् । बासुदेव सभागृहमा भएको ४० जनाको टेस्टमा १ जना महिला र ३ जना पुरुषमा रिपोर्ट पोजिटिभ आएको हो ।

उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफन्तका आएकी ५५ वर्षीय १ जना महिला, भारत गएर फर्किएका हेटौंडा-२ का ६७ वर्षीय १ जना वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय १ जना युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय १ जना युवक रहेका छन् ।

उनीहरुलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ । उक्त स्वाब हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको ल्याबमा परीक्षण हुनेछ ।

यसैगरी हेटौंडा-१५ मा गरिएको र्‍यापिड टेस्टमा भने सबैको नेगेटिभ पाइएको छ । यसअघि दुबइबाट फर्केका १ जनामापोखरामा पनि १ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ देखिएको थियो ।

यो पनि पढ्नुहोस्

दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’

पोखरामा पनि १ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ

चितवनमा १ जना व्यक्तिको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ

कोरोना र्‍यापिड टेस्ट रिपोर्ट २ जनामा पोजेटिभ

काभ्रेमा २ र धादिङमा १ जनामा कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !