१२ आश्विन २०८१, शनिबार

काभ्रेमा आशंका गरिएका २ जना युवकमा देखिएन कोरोना संक्रमण


नमूना परीक्षण

३ वैशाख, काठमाडौं । काभ्रेमा हिजो मंगलबार गरिएको र्‍यापिड टेस्टको एन्टीबडी पोजेटिभ देखिएका २ जना युवकमा कोरोना संक्रमण नभएको पाइएको छ । आज बुधबार धुलिखेल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरु दुवैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

काभ्रको बेथान्चोक गाउँपालिकाका १ र मण्डनदेउपुर नगरपालिकाका १ जनामा र्‍यापिड डाइग्नोस्टक परीक्षण गर्दा हिजो पोजिटिभ देखिएको थियो । बेथाञ्चोक-५ का युवा ९ चेतमा भारतबाट र मण्डनदेउपुर-३ का युवा ७ चैतमा दुबईबाट आएका हुन् । ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

उनीहरुको आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा बुधबारमात्र ५० जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म धुलिखेल अस्पतालको प्रयोगशालामा २६३ जनाको कोरोना संक्रमण परीक्षण भएको छ ।

यो पनि पढ्नुहोस्

सनसिटी अपार्टमेन्टमा २९६ को र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ

काभ्रेमा २ र धादिङमा १ जनामा कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

सनसिटी अपार्टमेन्टको संक्रमित परिवारकी बुहारीको रिपोर्ट आयो नेगेटिभ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !