२० बैशाख २०८१, बिहिबार

स्वास्थ्य मन्त्रालयले भन्यो – कास्कीमा कोरोना संक्रमित भेटिएको छैन


डा. विकास देवकोटा

२१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कास्कीमा कोरोना संक्रमित अहिलेसम्म नभेटिएको बताएको छ । मन्त्रालयले गर्ने नियमित हुने पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले पनि कास्कीमा कोरोना संक्रमित हालसम्म फेला नपरेको जानकारी दिएका छन् । उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे ।

यस्तै कास्कीमा कोरोना भाइरस संक्रमित हालसम्म नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको बताएका छन् । मेसिन नयाँ भएकोले दोहोरो, तेहोरो परीक्षण गर्नुपर्ने भएकोले दोहोरो चेक नगरी रिजल्ट बाहिर नआउने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पीसीआर मेसिनमा जाँच गरिएका स्वाब केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण भइरहेको उनले बताएका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखराको मेसिनको नतिजा शंकास्पद लागेपछि पुनः परीक्षणको लागि शुक्रबार विहान केन्द्रीय प्रयोगशाला पठाएको बताएका थिए । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका नवराज शर्माले प्रयोगशालाले पहिलो जानकारी केन्द्रलाई गराउनुपर्ने भएपनि त्यस्तो रिपोर्ट हालसम्म नआएको पुष्टि गरेका छन् ।

अहिलेसम्म काठमाडौं, धारण, पोखरा, चितवन, जनकपुर, सुर्खेत्र र धनगढीमा पनि कोरोनाको परिक्षण शुरु भएको र बुटवलमा जडान शुरु भएको पनि डा. देवकोटाले बताएका छन् । डा. देवकोटाका अनुसार ५ जना उपत्यकामा र ११५ बाहिर गरी मुलुकभर १२० जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको एप्समा ५६२७ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र तीमध्ये १०७ रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने पनि उनले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

पोखरामा देखियो कोरोना परीक्षण पोजेटिभ, पुनः परीक्षणका लागि पठाइयो टेकु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !