८ बैशाख २०८१, शनिबार

मोवाइल एपबाट कालोबजारीको अनुगमन गर्दै प्रहरी


मोवाइल एप

१९ चैत, काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेको छ । देशव्यापी कालोबजारी अनुगमनको लागि नेपाल प्रहरीले मोवाइल एपको प्रयोग गर्ने भएको छ । भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनको अवधिमा हुने कालोबजारीलाई हटाउन यसो गर्न लागिएको हो ।

नेपाल प्रहरीले मोवाइल एप पनि बुधबारदेखि अपग्रेड गर्दैछ । जसमा अब लकडाउन उल्लंघन र कालोबजारी गर्नेको पनि सूचना दिन सकिनेछ । त्यस्तै, छरछिमेकका कसैमा कोभिड-१९ को लक्षण देखिए त्यसबारे पनि एपबाटै प्रहरीलाई जानकारी गराउन सकिनेछ ।

यो पनि पढ्नुहोस्

ड्रोनबाट लकडाउन अनुगमन गर्दै प्रहरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !