८ जेष्ठ २०८१, मंगलबार

भारतले लकडाउन २१ दिनभन्दा बढी नलम्ब्याउने


भारत लकडाउन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एजेन्सी, चैत्र १७ । भारत सरकारले नोबेल कोरोना भाइरससंग लड्न २१ दिनसम्म लकडाउन गर्ने घोषणा गरेको छ र भनेको छ २१ दिनभन्दा बढी लकडाउन नगर्ने विश्वास दिलाएको छ । केहि रिपोर्ट अनुसार लकडाउन ९० दिनसम्म बढ्न सक्ने भनेका थिए । सोमबार केन्द्रीय गृह सचिव राजीव गौवाले रिपोर्ट गलत भएको टिप्पणी गरेका छन् ।

भारतीय पत्रिका दैनिक भाष्करका अनुसार लकडाउन १४ अप्रिलदेखि अघि नबढाउने भनिएको छ । यदी लकडाउनको पालना नगरेमा जिल्लाका डीएम र एसपी व्यक्तिगत जिम्मेवार हुने उल्लेख गरेका थिए । लकडाउनको वीच दिल्ली, मुम्बई, सूरतमा हजारौंको संख्यामा मजदुर पैदल घरतर्फ गएको दृष्य देख्न सकिन्छ ।

गृह मंत्रालयले लेखेको पत्रमा पैदल यात्री मजदुरहरूलाई रोक्न केन्द्र सरकारले राज्य सरकारलाई निर्देशन दिएको छ । मजदुको लागि अस्थायी शिविर, खाना र मेडिकल सुविधा दिने कुरा पत्रमा उल्लेख गरेको छ । केन्द्र सरकारलाई गृहले कडा चेतावनी समेत दिएको छ । रोक्न नसकेमा जिल्लाका डीएम/डिप्टी कमिश्नर र एसएसपी व्यक्तिगत रूपमा जिम्मेवार हुने पत्रमा उल्लेख गरेको छ । (दैनिक भाष्करको सहयोगमा)

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !